रोटरीद्धारा हल्दिबारीमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

झापा । विद्यार्थी तथा युवालाई लागूऔषध दुव्र्यसनबाट जोगाउने उद्देश्यले झापाको हल्दिबारीमा लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजना तथा पाराखोपी साना किसान चिया सहकारी संस्था लि., पाथीभरा टी इण्डष्ट्रिज प्रा.लि., कामाक्ष्य देवी टी इण्डष्ट्रिज प्रा.लि., तुलसीबारी टी इण्डष्ट्रिज प्रा.लि., हल्दिबारी माध्यमिक विद्यालय, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा, मेडिहोम हस्पिटल प्रा.लि. र आकाशगंगा बचत तथा ऋण सहकारी संस्था लि.को सह–आयोजनामा रेडक्रस भवन हल्दिबारी–२ मा कार्यक्रम भएको हो।

‘आजको सचेत युवा, भोलिको सुरक्षित समाज’ नारासहित आयोजित कार्यक्रममा चेतना नेपालका प्रशिक्षक इन्द्र ओलीले लागूऔषधको असर, प्रयोगका लक्षण, चुनौती तथा रोकथामका उपायबारे विद्यार्थीलाई प्रशिक्षण दिएका थिए। उनले सहभागीलाई लागूऔषधबाट टाढा रहने संकल्पसमेत गराएका थिए।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा हल्दिबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ‘महेन्द्र’, शिक्षाविद् नरेन्द्र कार्की, प्रधानाध्यापक टंकबहादुर पाख्रिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका राउत, रेडक्रसकर्मी कर्णखर प्रसाईंलगायतको उपस्थिति थियो।

कार्यक्रम रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष होमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन सचिव कोमल धानुकाले गरेका थिए भने स्वागत मन्तव्य सुजित बंशलले राखेका थिए। कार्यक्रममा कक्षा ११ का विद्यार्थी युवराज गिरीले कार्यक्रम प्रभावकारी भएको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top