झापाबाट डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ

झापा । झापाबाट डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती भारतको दिघलबैंकमा पक्राउ परेका छन् ।आज भारत–नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीहरूले दिघलबैंक प्रहरी चौकी क्षेत्रअन्तर्गत सीमा स्तम्भ नम्बर १३० नजिकै शंकास्पद अवस्थामा घुमिरहेका अमेरिकी युवती र उनीसँगै गएका नेपाली युवकलाई पक्राउ गरेका हुन् ।

सीमा सुरक्षाकर्मीहरूले सावधानी अपनाउँदै दुवैलाई क्याम्पमा ल्याएर गहन सोधपुछ गरेका थिए । युवतीको ट्राभल डकुमेन्टहरूको अनुसन्धान गरेका थिए । दुवै जना झापाबाट दिघलबैंक बजारमा किनमेल गर्न गएको खुलेको थियो ।

प्रारम्भिक जानकारी अनुसार, ती युवती भुटानी शरणार्थी हुन्। उनी अमेरिकामा बस्छिन् । ती युवतीलाई एक अमेरिकी नागरिकले कानुनी रूपमा धर्मपुत्री बनाएका छन्। नेपालमा अध्ययन गर्दा सामाजिक सञ्जालमार्फत दुवैबीच प्रेम सम्बन्ध भएको थियो । दुई जना चाँडै विवाह गर्ने योजनामा छन् ।

विवाहको लागि आवश्यक सामान किनमेल गर्न त्यो जोडी सीमा पार गरेर भारतीय क्षेत्रको दिघलबैंक बजारमा पुगेको खुलेको छ । सोधपुछ र कागजात अनुसन्धानमा कुनै पनि शंकास्पद वा राष्ट्रविरोधी गतिविधिको प्रमाण नभेटिएपछि सबै कानुनी प्रक्रिया र प्रमाणीकरण पूरा गरी दुवैलाई सुरक्षित रूपमा रिहा गरिएको भारतीय प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top